संविधान संशोधनको लागि कांग्रेस र एमालेले बनाएको कार्यदलको सदस्य केही दिनमै टुंगिन्छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि बनाएको कार्यदलको सदस्यको नाम केही दिनभित्रै टुंग्याउने बताएका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन समारोहलाई सम्बोधन गर्दै अहिले संविधान संशोधन गर्नेसहितको सात बुँदे सहमति गरेर दुई ठूला दल मिलेर सरकार बनाएको बताए।

उनले भने, ‘संविधान लागू भएको १० वर्ष भएको छ। यो १० वर्षको दर्वियानमा संविधानका सबल र दुर्बल पक्षहरु केके रहेरु त्यसको पहिचान गर्ने, त्यसको पहिचान गरिसकेपछि संविधानको कहाँकहाँ परिमार्जन गर्ने ? ती कुराहरुलाई परिमार्जन गर्ने र यसको लागि सबै राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति बनाएर वार्ता, संवाद, सहमति गर्छौँ।

उनले सबै दलहरुबीचकोसहकार्यका साथ अघि बढेर संविधान संशोधन गर्ने लक्ष्य राखेर कांग्रेस र एमालेले कार्यदल बनाउने सहमति गरेको बताए।

उनले थपे, ‘केही दिनमा कार्यदलमा कोको बस्ने भन्ने कुराको निर्णय हुन्छ त्यो कार्यदलले कार्य प्रारम्भ गर्छ। तर, यसमा पनि एउटा कुरा कन्फ्यूजन नहोस् कांग्रेस र एमालेले मात्रै संविधान संशोधन गर्ने होइन। हामीले यो यात्रा प्रारम्भ गर्छौं। अरु पनि राजनीतिक दलहरुलाई संवादमार्फत सहमतिमा ल्याउँछौं। सहकार्य गरेर हामी संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउँछौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *