कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै म्यानमारले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।

म्यानमारले पहिलो, ३०औं, ३५औं र ४०औं मिनेटमा गोल गर्‍यो । दोस्रो हाफमा खेलको ४९औं मिनेटमा म्यानमारले पाँचौं गोल गर्‍यो । लगातार दोस्रो हार बेहोरेको कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा कीर्गिस्तान नेपालसँग १-० ले पराजित भएको थियो । आजको दोस्रो खेल नेपाल र लेबनानबीच हुनेछ । उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ । यो खेलमा जित निकालेको खण्डमा नेपालले फाइनलमा यात्रा तय गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *