६ दिनपछि डिस्चार्ज भए पोखराका मेयर

पोखरा । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएको पोखरा महानगरपालिका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् ।

गत शनिबार पोखरा नयाँबजारमा आयोजित कार्यक्रममा उद्घाटनका क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए ।

घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *