एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको शेखर कोइरालाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारमा छौँ भन्दैमा प्रतिस्पर्धी एमालेको गुणगान गाएर नहुने टिप्पणी गरेका छन् ।कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै सरकारले गरेको गलत कामको खबरदारी गर्नु छाड्न नहुने बताए ।

सरकारबाहिर संयन्त्र बनाएर अघि बढ्दा कांग्रेसलाई नोक्सान हुने उनको बुझाइ छ। उनले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गरे ।अध्यादेशले नै सरकार चलाउनु लोकतान्त्रिक चरित्र नहुने टिप्पणी गरे ।

उनले भने, ‘अध्यादेशमा दोहोरो चरित्र देखाउन हुँदैन । हिजो हामीले यस्तै प्रकृतिको अध्यादेश आउँदा विरोध जनायौँ । तर, अहिले कांग्रेसले होस् या अरू कसैले जसले ल्याएको भए पनि एक पटक गलत भनेको कुरा सधैँ गलत हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । हिजो गलत थियो भने आज सही हुन सक्दैन । अध्यादेश ल्याउने संसद छल्ने, संयन्त्र बनाउने कम्युनिष्टहरुको संस्कारमा छ ।’

उनले राज्य शक्तिको दुरुपयोग गरेर एमाले सांसद लिलाबल्लभ अधिकारीलाई जोगाएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘न्यायाधिवक्ता र अधिवक्ताहरूलाई राज्यले अधिकार दिएको छ, संविधानले अधिकार दिएको छ । तर, त्यो अधिकारलाई दुरुपयोग गर्ने अधिकार उहाँहरूलाई छैन । घुस दिनेचाहिँ अहिले जेलमा हुनुहुन्छ, घुस लिने व्यक्ति मेरै जिल्लाको सांसद हुनुहुन्छ, उहाँलाई उन्मुक्ति छ । यस्ता कुरामा कांग्रेस सचेत हुनुपर्छ ।’

Comments

3 responses to “एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको शेखर कोइरालाको आरोप”

  1. Pandab karki Avatar
    Pandab karki

    Yo Shekhar koirala pani 084 sal paxi bistarai C P mainali ko bato ma xa. Tato vutlo kei hunewala xaina. Party kasko ho? Kura matra garera hunxa? Minor vaneko k ho? Harne thulo kura garne? USA ma hareko president le 1 sabda boleko sunnu va xa??

  2. bharat kumar thapa Avatar

    ठिकै छ त तपाईंहरूको पुर्व गृहमन्त्री र सभापति पत्नीलाई पनि भनेको भए के जान्थ्यो एमालेलाई मात्र दोष लगाउने काम हरूवा गोरूको छेरूवा दाउ भएन र

  3. ksp pyl Avatar
    ksp pyl

    यो पनि के भन्दा भाईरल भईन्छ र देउवाको विरोध हुन्छ त्यहि बोल्दोरहेछ । न भिजन छ न देश बनाउने ईच्छाशक्ति । कोशी प्रदेशमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराएर विपक्षमा भोट हाल्नेले ठूला कुरा गर्ने ? अराजकताको पराकाष्ठा । पार्टीबाट घोक्राउनुपर्थ्यो यसलाई त्यतिबेलै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *