काठमाडौं । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ । टिम भरिया इन्क प्रालीले विकसीत गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका अनुसार ‘टिम भरिया’ एप राइड सेयरिङ एपहरु पठाओ र इन्ड्राइभ जस्तै विशेषतासहित ल्याइएको हो । उनले ढुवानी साधनहरुले भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले एप विकसीत गरिएको जानकारी दिए ।
फुँयालले भने, ‘हाल ट्रक वा अन्य गाडीहरूले सामान ढुवानीका लागि ट्रान्सपोर्ट कम्पनीहरुमा गएर कुरिरहनु पर्ने अवस्था छ । त्यस्तै, कम्पनी वा सप्लायर्सले ट्रान्सपोर्टरलाई सामान लोडिङ गर्न अनुरोध गर्दा पनि सहज रुपमा उपलब्ध हुन सक्दैनन् । यी समस्याहरू हटाउन एप ल्याइएको हो ।’
अब ‘टिम भरिया’ एपमार्फत कम्पनी वा सप्लायर्सले पठाउनु पर्ने सामानको विवरण प्रविष्ट गर्न सक्नेछन् । राइडरहरुले उक्त विवरण हेरेर भाडा स्वीकार गर्न वा आवश्यक परेमा समायोजन गर्न सक्नेछन् ।
एपमा तीन प्रकारका साइनअप विकल्पहरू छन् । आई एम ड्राइभर, आई एम कार्गो, र आई एम ट्रान्सपोटर रहेको छ । साथै, एपमा डोमेस्टिक र लङ रुट गरी दुई फरक क्याटेगोरीमा गाडीहरू उपलब्ध छन् ।

Leave a Reply