प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौं । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा केआइआइटी कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले यस्तो जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

बुधबारै २० वर्षे प्रकृतिको शव नेपाल ल्याएर सद्गगद गरिएको थियो ।

Comments

One response to “प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने”

  1. केदार पौड्याल Avatar
    केदार पौड्याल

    यिनीहरु फटाहा हुन , नेपाली बिधार्थी लाइ ललि पप देखाएका मात्र हुन् दलालहरुले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *