काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० ले वृद्धि भएको छ ।
बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आज एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, बुधबार एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मूल्य एक हजार ९९५ कायम भएको छ ।

Leave a Reply