प्रेस चौतारी सिन्धुपाल्चोकको अध्यक्षमा विदुर आचार्य नै दोहोरिए

चौतारा । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाको अध्यक्षमा विदुर आचार्य निर्वाचित भएका छन्। सिन्धुपाल्चोकको सुकुटेमा भएको अधिवेशनले यसअघि पनि अध्यक्ष नै रहेका आचार्यलाई नै दोहोर्‍याएको हो।

उपाध्यक्ष सागर खड्का, महिला उपाध्यक्ष गोमा केसी, सचिवमा दिपिन ढुंगाना, उपसचिवमा सुशिल सुवेदी, समावेशी उपसचिवमा सुनिता लामा र कोषाध्यक्षमा विशाल आचार्य निर्वाचित भए।

त्यस्तै समिति सदस्यहरुमा जनार्दन नेपाल, प्रमिला विक, सहदेव ढुंगाना, मधु सुदन ढुंगाना चयन भए।

प्रदेश प्रतिनिधिमा देवराज सुवेदी र यज्ञ दंगाल, केन्द्रिय प्रतिनिधिमा माधव नेपाल र टीका सुवेदीलाई छनोट गरिएको प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष देवराज सुवेदीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *