बेलहिया नाकाबाट किट कलेजका पाँच जना विद्यार्थी घर फर्किए

रुपन्देही । भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ५ विद्यार्थी रुपन्देहीको बेलहिया नाका हुँदै बुटवलमा रहेको घर फर्किएका छन् ।

किट कलेजबाट निकालिएका विद्यार्थीहरू नाका हुँदै घर फर्किएको जनाएका छन् । उनीहरु सबै त्यो कलेजका पहिलो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

‘ओडिसाबाट कलकत्ता हुँदै गोरखपुर आएर अहिले बुटवलमा रहेको घरमा पुगियो, तनाबमा बाटोमा आउँदा निकै दुःख पाइयो, यताबाट गएको एकसाता पनि नहुँदै फर्किनुपर्यो’, विद्यार्थी सुयोग लम्सालले भने बताए । बुटवलका लम्सालसहित सुवास गैरे, सत्यम यादव, अमनकुमार जैसवाल, हेम पाण्डे आज अपरान्ह घरमा आएका हुन् ।

बेलहिया नाकामा सबै रेकर्ड राखेपनि उनीहरु फर्केको भने केही रेकर्ड यहाँको प्रशासनले राखेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले ठूलो समूह नआएकोले व्यक्ति एक्लै एक्लै आएको सबै विवरण थाहा नभएको तर यसको सबै सूचना संकलन गर्ने जनाए ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले केही विद्यार्थी आएको भएपनि समूहमा नआएकोले रेकर्डमा समस्या भएको बताए ।

फर्किएका विद्यार्थीका अनुसार रुपन्देही आसपासका मात्रै करिब ३ सय विद्यार्थी त्यो कलेजमा रहेको र अधिकांश फर्कने क्रममा रहेका छन् । अन्तिम वर्षमा पढ्ने विद्यार्थी मात्रै केही उता रहेको अरु सबै फर्किएको उनीहरुको भनाइ छ ।

फर्किएका विद्यार्थीले त्यहाँको प्रशासन नेपाली विद्यार्थीमाथि निकै आक्रामक भएकाले तत्काल शैक्षिक तथा सुरक्षाको ग्यारेन्टी गरेपछि मात्रै फर्कने जनाउँदै त्यसको वातावरण बनाइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

आजसम्म बीरगन्ज नाकाबाट ९५ जना फर्केको सूचना पाएको विद्यार्थीले जनाएका छन् । त्यहाँ आफ्नो घरको नजिक पर्ने नाकामार्फत विद्यार्थीहरु जाने गरेका छन् ।

Comments

One response to “बेलहिया नाकाबाट किट कलेजका पाँच जना विद्यार्थी घर फर्किए”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    सांघठनिक जातिबाद (institutional racism) हो यो घटना!! विश्वबिद्धालय ले बिहारी वा बंगाली वा तमिल बिध्दयार्थी लाइ निकालेको भए भारतमा जातिबाद गरेको आरोप लाग्थ्यो । यो घटना पनि त्यस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *