नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भनेः दिस इज फ्रड ! (भिडिओ)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

एलन मस्कले नेतृत्व गरेकाे डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेकाे दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् । दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेकाे सहयाेगकाे विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई ट्रम्पले ठगीकाे संज्ञा दिएका हुन् ।

हालै सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर  दिएकाे उल्खेख गरेका छन् ।

नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

Comments

3 responses to “नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भनेः दिस इज फ्रड ! (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    तिमीहरूले निमुखा हामी जनतालाई सहयोग दिएका होइनौं तिम्रा दासहरूलाई दिएका हौ

  2. PRADIP SAH KANU Avatar

    यस बाट जनता लाई के सरोकार चोर भ्राष्टचार नेता लाइ असर पर्ने हो .

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    लादिएको संघियता धान्न गाह्रो भो, पैसा खाएर धर्म निरपेक्षता र संघियता भित्राउने बाउराम, सुवास नेम्वांगको, उपेन्द्र जादवको पुत्ला दहन गर जनता। लादिएको भारी मिल्काइदेउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *