चालक अनुमतिपत्र अब स्मार्ट कार्डकै रुपमा दिनुपर्ने

काठमाडौं । अब लाइसेन्स दिँदा सरकारले विद्युतीय परिचयपत्रको रुपमा दिनुपर्ने भएको छ । राजपत्रमा सूचना प्रकाशन गरेर अब लाइसेन्स विद्युतीय परिचयपत्रको रुपमा स्मार्ट लाइसेन्स वा क्यूआर कोडसहितको कार्ड दिनुपर्ने भएको हो ।

सवारी तथा यातायात व्यवस्था नियमावली दशौँ संशोधन गरेर सो व्यवस्था गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७९ ले दिएको अधिकार प्रयोग गरेर सरकारले नियमावली संशोधन गरेको हो ।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० (क) संशोधन भएको हो । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम २० (क) को सट्टा विद्युतीय परिचयपत्रको रुपमा दिनुपर्ने व्यवस्था गरेको हो ।
‘नियम २० बमोजिम दिइने चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड वा क्यूआर कोडसहितको कार्ड) को रुपमा दिनुपर्नेछ’, राजपत्रमा उल्लेख छ ।

यसअघि चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड)को रूपमा दिनु व्यवस्था थियो, तर चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड)को रुपमा दिने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल सरकारले तोकेबमोजिमको चालक अनुमतिपत्र दिइने व्यवस्था थियो । अब भने स्मार्ट कार्ड वा क्यूआर कोडसहितको कार्ड नै दिनुपर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *