‘शेरबहादुर पक्षबाट सभापतिमा मेरो विकल्प छैन, आरजुको उचित व्यवस्थापन गर्छौँ’

काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारी माग्दै बुढानीलकण्ठ पुग्ने ११ जना कांग्रेस नेतामध्येका एक पूर्वउपसभापति गोपालमान श्रेष्ठले १५औं महाधिवेशनबाट आफ्नो नेतृत्वको विकल्प नभएको जिकिर गरेका छन् ।

बुढानीलकण्ठ जानुको अन्तर्य, आगामी नेतृत्वको तयारी, देउवापत्नीसमेत रहेकी आरजु राणा देउवाको व्यवस्थापनलगायतको विषयमा केन्द्रित रहेर कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठसँग नेपाल प्रेसकर्मी रमेश पराजुलीले गरेको कुराकानी नेपाल टकमाः

– सभापतिको उत्तराधिकारीको विषयमा चर्चा चलिरहेको बेलामा तपाईंहरू बुढानीलकण्ठ पुग्नुभयो, जानुको अर्थ के थियो ?

सभापतिजीले हामीलाई सम्झिन छाड्नुभयो । उहाँलाई पनि सभापतिले नै गुटको बैठक बोलायो भन्ने पर्छ भएर पनि हुनसक्छ । अनि हामी आफैं सल्लाह गरेर गएका हौं । जानुपर्ने धेरै साथीहरू छुटेका छन् । र, उहाँले राम्रो रेस्पोन्स गर्नुभएको छ । उहाँले म तपाईंहरूसँगै छु, तपाईंहरू एकताबद्ध भएर बस्नुस्, अहिले चुनाव आएको छैन भन्नुभयो ।

हाम्रा साथीहरूलाई कहिले, कसको कहिले कसको टीममा पुग्यो भनेर चर्चा पनि भइरहेको थियो । उहाँहरू आफैं कसैले हो भन्दैन । सभापतिले पनि कहिले कसलाई आशीर्वाद दिए भन्नेसम्मको चर्चा हुन थालेकाले त्यसलाई मेटाउन हामी गएका हौं ।

– तपाईंहरू सामूहिक रुपमा जाँदा उहाँबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

उहाँले तपाईंहरूलाई म बीचैमा छाड्दिनँ, अब तर्फबाट चुनाव लडाउँदा जसरी तपार्इंहरूले मलाई सहयोग गर्नुभएको थियो । म पनि त्यस्तै सहयोग गर्छु, तर अहिले बोल्ने बेला भएको छैन भन्नुभयो ।

– तपाईंहरूले आगामी नेतृत्व हाम्रै टीमबाट हुन्छ भनिरहँदा महामन्त्री गगन थापा सभापतिसँग नजिकिएको विषयमा पनि कुरा उठ्यो कि ?

महामन्त्री र सभापति एक ठाउँमा उभिएर काम गर्नु राम्रो कुरा हो । गगनजी पहिलो महामन्त्री हुनुहुन्छ । अहिले सरकार सञ्चालनको संयन्त्रमा उहाँलाई पनि राखिएको छ । गगनजीले म आफैं पनि उठ्छु भनिराखेकै अवस्था छ । उहाँले उठ्छु भन्ने कुरामा उहाँहरूको टीममा पनि कुरा होला ।

उहाँले आरजु भाउजूको चिन्ता गर्नुपर्ने अवस्था नै छैन । संस्थापन पक्षले उहाँलाई उचित स्थान दिन्छ नै । अहिले उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ, अहिले सरकारमा पनि परराष्ट्र मन्त्रालय सम्हालेर पठाइएको छ ।

उता शेखरजी पनि उठ्छु भनेर देश दौडाहामा हुनुहुन्छ । उहाँहरूको कुरा उहाँहरूले नै गर्नुहोला, तर हामीहरूबीचमा त्यस्तो कुनै चर्चा परिचर्चा छैन भन्ने हिसाबले हामी गएका हौं । शुक्रबार हामी त्यहाँ गएपछि संस्थापन पक्ष पनि जागरुक हुन थाल्यो भन्ने त पर्‍यो नि !

– तपाईंहरू हामी एकै ठाउँमा छौं भनेर जानुको अर्थ देउवा नभएपछि संस्थापन पक्ष तितरबितर हुँदैछ भन्ने अर्थ हो ?

यस्तो होइन, दशौंमा गिरिजाबाबुसँग उहाँ लड्दादेखि सहयोग गर्ने हामी एकथरी साथीहरू छौं । ११औं महाधिवेश त मैले नै गराएको हो । म नै कार्यबाहक सभापति थिए । बीचमा पार्टी विभाजन र एकताको स्थिति पनि बनेको थियो, तर अहिले संस्थापन पक्ष तितरबितर भएको छैन । एकै ठाउँमा छौं ।

– देउवा नेतृत्वबाट बाहिरिँदै गर्दा पार्टीको शक्तिशाली पदमा आरजुको व्यवस्थापनको चर्चा पनि छ नि ?

उहाँले आरजु भाउजूको चिन्ता गर्नुपर्ने अवस्था नै छैन । संस्थापन पक्षले उहाँलाई उचित स्थान दिन्छ नै । अहिले उहाँ केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व पनि हुनुहुन्छ, अहिले सरकारमा पनि परराष्ट्र मन्त्रालय सम्हालेर पठाइएको छ ।

जुनियरको नेतृत्वमा जाँदा कोही नेताले म स्वीकार गर्दिनँ भनेर विद्रोह गर्नसक्छ, तर मेरो नेतृत्वमा जाँदा त्यो समस्या पनि आउँदैन भन्नेमा म विश्वस्त छु । त्यो कुरा अब शेरबहादुरलाई पनि लाग्नुपर्‍यो ।

उहाँ (आरजु)को चिन्ता गर्नु स्वाभाविक नै हो, तर उहाँलाई संस्थापन पक्षले उचित व्यवस्था गरिहाल्छ नि ! तर अहिले आरजुको व्यवस्थापनको लागि कहिले कोसँग मिल्यो, कहिले कोसँग मिल्यो भन्नु बेकारका कुरा हुन् । आरजु भाउजूको योगदानलाई उच्च मूल्यांकन गर्छौं।

– तपाईं आगामी महाधिवेशनका लागि नेतृत्वको तयारीमा हुनुहन्छ ?

त्यसमा त कुनै शंका नै छैन । सर्वमान्य त मै हुँ नि ! सबैले मान्न सक्ने, मेरो नेतृत्वमा भए कसैले हामी जुनियरको मुनि बस्दैनौं भन्न पर्दैन । म त सबैभन्दा सिनियर हो नि !

संस्थापन पक्षमा मात्रै होइन, सिनियरको हिसाबले शेरबहादुरपछि म हुँ । रामचन्द्रजी हुुनुहुन्थ्यो, उहाँ राष्ट्रपति भइहाल्नुभयो । त्यसैले मलाई च्यालेन्ज गर्ने नेता भनेको छैन कांग्रेसभित्रै ।

– भनेपछि संस्थापन पक्षबाट सर्वसम्मत हुन्छु भन्नेमा विश्वस्त हुनुहुन्छ ?

जुनियरको नेतृत्वमा जाँदा कोही नेताले म स्वीकार गर्दिनँ भनेर विद्रोह गर्नसक्छ, तर मेरो नेतृत्वमा जाँदा त्यो समस्या पनि आउँदैन भन्नेमा म विश्वस्त छु । त्यो कुरा अब शेरबहादुरलाई पनि लाग्नुपर्‍यो ।

याे पनि पढ्नुस् : कसले पाउला देउवाको ‘तालाचाबी’ ? उत्तराधिकारीमा संस्थापनबाट ६ नेताको दाबी

Comments

One response to “‘शेरबहादुर पक्षबाट सभापतिमा मेरो विकल्प छैन, आरजुको उचित व्यवस्थापन गर्छौँ’”

  1. deepak dallakoti Avatar
    deepak dallakoti

    ८४ भन्दा अगाडि नै तिम्रो ८४ गर्नु पर्ने भाे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *