रूपन्देही-अष्ट्रेलिया क्यानवेरा सामाजिक सञ्जाल गठन

रुपन्देही । अष्ट्रेलियाको राजधानी क्यानबेरामा बसोबास गर्ने रुपन्देहीवासीका वीच भ्रातृत्व तथा आपसी सहयोग आदान प्रदान गर्ने उद्देश्यले रूपन्देही-अष्ट्रेलिया क्यानबेरा सामाजिक सञ्जाल गठन भएको छ ।

हालै सम्पन्न वृहत् भेलाले सो सञ्जालको अध्यक्षमा नवराज भण्डारी तथा अन्य सदस्यहरूमा श्री गाहा, राजेश घिमिरे, अमृत पौडेल आवृत्ति भुसाल, मिना पौडेल, अमन गैह्रे, सन्तोष पोख्रेल, प्रयास कार्की, प्रवीण ज्ञवाली, मनोज शर्मा, सचिन ढकाल, सन्तोष शर्मा, अमृत रेग्मी, मोना पन्त, गोविन्द खरेल, सुजन उपाध्याय रहेका छन्।

दीपक पाण्डे, दिनेश भट्टराई, बाबुराम पौडेल र नवराज भण्डारीको पहलमा सञ्जाल गठन भएको हो ।

भेलाले दिनेश भट्टराई,दीपक पाण्डे, बाबुराम पौडेल, सञ्जय घिमिरे,प्रदीप पाण्डे र सुमन भट्टराईलाई सल्लाहकार बनाएको छ । आगामी बैठकले रचनात्मक तथा थप कार्यक्रम बनाइ अघि बढ्ने छ, अध्यक्ष नवराज भण्डारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *