सचिव कुट्ने वडाध्यक्ष पक्राउ

पोखरा । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको हो । गाउँपालिकाको पत्रअनुसार वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका थिए कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

थप उपचारका लागि भरतपुर लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *