प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी- धेरै बकबास गरेर हिँडे भने धेरै षड्यन्त्रको पर्दाफास गर्न नपरोस्

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सरकारले ल्याएका अध्यादेश संसदबाट पारित गरेरै छाड्ने बताएका छन् ।

दाङको घोराहीमा नेकपा एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको दोहो¥याए ।

आफूहरु कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको उनको भनाइ थियो ।

नेपाल अब सुरुङ मार्ग र पानीजहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै प्रधानमन्त्री ओलीले दाङको देउखुरीमा पनि सुरुङ मार्ग बनाउने योजना रहेको सुनाए ।

‘पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदैछ, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, उनले भने, ‘अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्ग जस्ता आयोजना निर्माणको काम चलिरहेका छन् । हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ । तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सत्ता बाहिर पुुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै उनले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे ।

लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएको र उनीहरू नै लोकतन्त्रका मसिहा बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो । त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन’, उनले भने, ‘धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’

यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

Comments

3 responses to “प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनी- धेरै बकबास गरेर हिँडे भने धेरै षड्यन्त्रको पर्दाफास गर्न नपरोस्”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Maibadi ko jaro kilo ukhela parxa. UML & Congress ko frindship competetion hunu parxa Nepal ma. Maobadi galgad ho. Raswapa asar sauna ko jhar ho. See USA, UK, Japan, India etc. Vure takure party kamai xaina.

    1. manaia thompson Avatar
      manaia thompson

      यो Nepali kanxo बहुलायो|

      1. ksp pyl Avatar
        ksp pyl

        नेपालको सबैभन्दा भ्रष्ट, दिल्लीको भाडाको टट्टु ओलिलाई जे पायो तेहि नभन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *