काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।
प्रदूषणका कारण बिहानैदेखि आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिनासमेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
हेरौं केही तस्बिर-

तस्बिरहरू : टार्जन लिम्बू/नेपाल न्यूज बैंक

Leave a Reply