काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

कवाडी व्यवसायीहरुले आज आयोगका अध्यक्ष मगरलाई भेटेर काठमाडौं महानगरपालिकाले  एक वर्षदेखि कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपीट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

महानगर प्रहरीले दादागिरी शैलीमा कुटपटि गर्दा व्यवसायी अङ्गभङ्ग हुनु परेको र केहि मानिस अझै उपचाररत रहेका उनीहरुले बताएका छन् । पेशा व्यवसायमा आवद्ध मानिसको गरिखाने आधार भत्काइरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

व्यवसायी शारिरिक र मानसिक दवाव झेल्न वाध्य भएको बताउँदै हाल साइकलमा कवाड संकलन गर्दै आएका संकलकका साइकल र कवाड समान जफत गरिरहेको उनीहरुले गुनासो गरेका छन् ।

प्रचलित कानुन बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्ष मगरसमक्ष अनुरोध गरेका छन् ।

प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडाहरुमा कवाड व्यवसाय संचालन गर्दै आइरहेका थिए । तर महानगरपालिकाले भने कवाडी व्यवसायीमाथि जाइलाग्ने गरेको छ ।

Comments

2 responses to “काठमाडौं महानगरकाे दादागिरीले शारीरिक र मानसिक दबाब बढेकाे भन्दै कबाडी व्यवसायीले गुहारे मानव अधिकार आयाेग”

  1. RK Avatar
    RK

    तोक लगाएर पठाए कि तप बहादुरले ! व्यवस्थित बजार बनाउने मेचरको कामलाई मानव अधिकार आयोगले के गर्नु ? रवि लामिछाने वर्गलाई पो मानव अधिकार लाग्छ त !

  2. RK Avatar
    RK

    तोक लगाएर पठाए कि तप बहादुरले ! व्यवस्थित बजार बनाउने मेयरको कामलाई मानव अधिकार आयोगले के गर्नु ? रवि लामिछाने वर्गलाई पो मानव अधिकार लाग्छ त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *