प्रधानमन्त्री ओलीमाथि राजेन्द्र पाण्डेको आरोप- गिरीबन्धु टी-इस्टेटको ४ अर्ब ब्रेकफास्ट गरेका छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी-इस्टटेको जग्गा प्रकरण भ्रष्टाचारको ठूलो नमुना भएको बताएका छन् ।

पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले त्यो जग्गा प्रकरण्मा प्रधानमन्त्री ओलीले पनि ४ अर्ब ब्रेकफास्ट गरेको दाबी गरे ।

उनले भने, ‘गिरीबन्धु टी-इस्टेटको कुरा सुन्नुभएको होला । त्यो भ्रष्टाचारको ठूलो नमुना हो । अर्बौं रुपैयाँ व्यक्तिलाई बाँडिसकेका छन् । एक जना व्यक्तिले भन्नुहुन्थ्यो, ४ अर्ब त प्रधानमन्त्रीजीले पनि ब्रेकफास्ट गर्नुभएको छ रे ! यस्तै ककसले गरेका छन् ? त्यसैले अहिले सरकारले जग्गा सट्टापट्टा गर्न मिल्नेगरी अध्यादेश ल्याएको छ ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले सरकारले भूमिसम्बन्धी अध्यादेश आफ्ना कार्यकर्तालाई सार्वजनिक जग्गा बाँड्न ल्याएको आरोप लगाए ।

उनले भने, ‘भूमिसम्बन्धी अध्यादेश हाइवे किनाराका राष्ट्रिय राजमार्गभित्र सेन्टर लाइनबाट दायाँबायाँ २५-२५ मिटर सरकारको हुन्छ । त्यो पनि बाँड्न पाउनेगरी ल्याएको छ । भनेपछि गर्न खोजेको के हो ?’

Comments

2 responses to “प्रधानमन्त्री ओलीमाथि राजेन्द्र पाण्डेको आरोप- गिरीबन्धु टी-इस्टेटको ४ अर्ब ब्रेकफास्ट गरेका छन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता हावा कुरा गर्नेलाई देशले नेता मान्नुपर्ने ? तिमीलाई पनि धेरैले मेडिकल माफिया हो भन्छन, भ्रष्टाचारी भन्छन ।हामीले के भनौं ? दिल्लीका दलाल, भ्रष्ट, देश बेचुवा, तलुवा चटुवाहरू ओलिलाई आरोप लगाउन बन्द गर। चुपलाग । मुखमा जे आयो त्यहि नबोल । तिमीले भनेर पत्याउने कोही छैन । तिमीहरू त अब बनारसमा मोदीले बनाईदिएको कुटीमा जाने हो ।

  2. Bhupendra karki Avatar
    Bhupendra karki

    आफैलाइ महङ्गो पर्ने “हावा कुरा” गरेपछि एकीकृत समाजवादी भैन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *