१५ औं महाधिवेशन ०८४ को निर्वाचन अघि हुन्छ कि पछि अहिले भन्न सकिँदैन : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशन ०८४ को निर्वाचन अघि हुन्छ कि पछि हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था नभएको बताएका छन्। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीको महाधिवेशन निर्धारित समयमा हुने पक्का भएको बताए।

उनले भने, ‘अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ। एक वर्ष थप्ने प्रचलन नै भएको छ। त्योभन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छै। कम्तिमा पनि दुई वर्ष त अहिले नै छ। अहिलेदेखि नै म भनेर दौड किन लगाउनु? योग्यतको प्रश्न छ, अहिले देखिएका जतिपनि साथीभाइहरु म म भनेर हिँड्नुभएको छ। उनीहरु भन्दा कुनैपनि कोणबाट, कुनैपनि पृष्ठभूमिबाट कम मैले आफूलाई ठानेको छैन। तर, आफ्नो महत्वकांक्षाले गर्दा पार्टीलाई जे भनेपनि हुन्छ भन्ने संस्कार छैन। समय आएपछि योग्यताको हिसाबले नेतृत्वको कुरा गर्छौँ।’

उनले महाधिवेशनको लागि अझै कम्तिमा दुई बर्षभन्दा बढी भएकाले आजकै मितिदेखि नेतृत्वको दौड लगाउनुपर्ने कुनै कारण नभएको बताए।

उनले भने, ‘अहिले पार्टी निर्माणमा दौड लगाउनुपर्छ। पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने छैन। विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ। विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ। तर कति थपिन्छ थपिँदैन भन्नेकुरा केन्द्रिय समितिले निर्णय गर्छ। अहिले नै यतिनै थपिन्छ भन्ने कुरामा शंकामा छैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *