यस्तो बन्यो टीम बाबुराम, कसले कुन पदमा कति मत ल्याएर विजयी भए ? (सूचीसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पहिलो महाधिवेशनबाट अध्यक्षसहित अधिकांश पद निर्वाचनबाट नेतृत्व चयन गरेको छ।

अध्यक्षमा डा. बाबुराम भट्टराईसहित ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनेको हो।

अध्यक्षमा भट्टराईले नेत्र चापागाईँलाई भारी मतले हराए। महासचिवमा सोनामसिंह स्याङ्तानले जिएस गुरुङलाई पराजित गरे। उपाध्यक्षहरूमा मानुषी यमी भट्टराई, दुर्गा सोब निर्विरोध भए। ९९ सदस्यीय केन्द्रीय समितिमा ९ जना मनोनयन गर्नेछ।

नवनिर्वाचित समितिमा शपथपछि जातीय/क्षेत्रीय/लैंगिक/उमेरगत हिसाबले समावेशी र प्रत्यक्ष लोकतन्त्रको गज्जबको संयोजन भएको बताए।

नेसपा नयाँ शक्तिले पहिलो निर्वाचनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि अनलाइन माध्यमबाट भोट हाल्ने व्यवस्था गरेको थियो।

कुन पदमा को भए निर्वाचित ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *