मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन- सरकारबाट बाहिरिनुपर्ने हुनसक्छ तयार रहनू (भिडिओ)

काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार नैतिक संकटमा रहेको टिप्पणी गरेका छन् ।

सर्लाहीमा लोसपा नेपालको जिल्ला कार्यसमिति अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै पार्टीबाट सरकारमा गएका मन्त्री शरतसिंह भण्डारीले राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।

उनले भने, ‘केन्द्रीय सरकारलाई नैतिक संकट आएको छ,हामीले भूमि सम्बन्धी अधयादेशको विरोध गरेका छौं । नदी किनार,जंगल छेउमा आएर कब्जा गछृन् । हामीले सरकार गिराउन खोजेको होइन तर नैतिक संकट त आयो । हामी अहिलेसम्म सरकारमा थियौं तर अध्यादेशमा सरकारको विरोध गरेपछि नैतिक संकट । हाम्रा मन्त्रीलाई भनिसकेको छ जो एकाध दिनमा गर्ने हो गरिहाल्नू सरकारबाट बाहिरिपर्ने हुन्छ । उनीहरुलाई नै हटाइदिन पनि सक्छन् ।’

उनले भूमिसम्बन्धी अध्यादेश कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

 

Comments

2 responses to “मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन- सरकारबाट बाहिरिनुपर्ने हुनसक्छ तयार रहनू (भिडिओ)”

  1. तारा निधि पन्त Avatar
    तारा निधि पन्त

    तिमीहरू झोले भ्रष्टाचारी तुरुन्त निस्किहाल, अर्को बिकल्प आउछ । यो मजदुरमार भ्रष्ट चोर जति छिटो निष्कासनमा पर्छ श्रमिकलाई राम्रो हुन्छ।

  2. ksp pyl Avatar
    ksp pyl

    लाजभन्ने कुरा अलिकति पनि छ भने तुरून्त सरकार छोडनु पर्दैन ? छोडनुपर्ने हुनसक्छ भन्ने अझै पनि ? दिल्लीको आदेश मानेर अध्यादेशमा सहयोग नगर्नेले मन्त्री पद खान लाज लागेन ? स्वविवेक भन्ने नभएका कठपुतलीहरू के बाँच्छौ अर्काको गुलाम भएर ? तिमीले नखाए यहाँ खाने अरू कति छन् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *