प्रेस चाैतारी काेशीकाे अध्यक्षमा सुमन पुरी सर्वसम्मत, यस्ताे बन्याे नयाँ टीम

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।

विराटनगरमा आज सम्पन्न दोश्रो प्रदेश अधिवेशनले अध्यक्षमा पुरी सहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेका हो । पुरी यसअघि उपाध्यक्ष थिए ।

त्यस्तै, चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भएका छन् ।

प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती निर्वाचित भए ।

विराटनगरमा आज भएको दोश्रो अधिवेशनमा प्रेस चौतारी नेपाल अध्यक्ष गणेश वस्नेत, एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राई, हिरामान लामा लगायतको सहभागिता रहेको थियो ।

अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १५६ जनाको सहभागिता रहेको प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *