माधवलाई ओलीको जवाफ- दुई तिहाइको सरकारलाई त्यस्ता पार्टी फुटाउन आवश्यक छैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने आफ्नो कुनै योजना नरहेको बताएका छन्।

निजामति कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै राजनीतिक दल विभाजनसम्बन्धी अहिले कुनै कानून नभएकाले सदनमा विधेयक ल्याउने बताए।

उनले भने, ‘अहिले पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्यो भनेर कराउँदैछन्। नाम पनि लिन्न तपाईंहरु चिनिहाल्नुहुन्छ। तीनिहरुले एमाले फुटाउन अध्यादेश ल्याएका थिए। हामीलाई कुनै अध्यादेश ल्याउनु छैन। हामी संसदबाट विधेयक ल्याउँछौं। अध्यादेश चाहिँदैन। संसदमा विधेयक ल्याएर ऐन बनाउँछौं।’

उनले दुई तिहाइको सरकार भएको दाबी गर्दै कसैको पार्टी फुटाउँन आवश्यक नभएको जिकिर गरे।

उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै भने, ‘फेरि फुटाउन पनि कुनै चट्टान फोर्ने होइन, यत्रा यत्रा गिट्टी ढुंगा फुटाएर को बस्छ। त्यो आवश्यकता छैन। सोक पनि छैन।’

Comments

One response to “माधवलाई ओलीको जवाफ- दुई तिहाइको सरकारलाई त्यस्ता पार्टी फुटाउन आवश्यक छैन (भिडिओ)”

  1. manaia thompson Avatar
    manaia thompson

    चोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *