कार्यकर्तालाई ओलीको निर्देशन- विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ, तयार रहनुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरुलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्।

निजामती कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै लोकतन्त्रको रक्षको लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताए।

उनले भने, ‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरु निस्किएका छन्। यदि तीनिहरुले नेपालमा अराजकता मच्याउन खोजेभने सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोजेभने देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्याउन खाजेभने त्यस्ताहरुलाई काठमाडौंबाट साँगा र थानकोट कटाउनको लागि आन्दोलन गर्नुपर्ने हुनसक्छ।’

Comments

One response to “कार्यकर्तालाई ओलीको निर्देशन- विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ, तयार रहनुस् (भिडिओ)”

  1. manaia thompson Avatar
    manaia thompson

    ज्यान्मारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *