कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पौडेल र थारु नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक नियुक्त गरेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिष्ठानको निर्देशक (प्रशिक्षणतर्फ) कास्कीका डा. कृष्णप्रसाद पौडेल र निर्देशक (अनुसन्धानतर्फ) चितवनका डा. सञ्जय महतो थारू नियुक्त भएका हुन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रमुख खड्काले निर्देशक नियुक्त गरेको मुख्यसचिव पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *