रामहरिले रवि गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाको आपत्ति, यसकारण भयो संसदमा अवरोध (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाले आपत्ति जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले रविले प्रहरी प्रमुखलाई समितिको बैठकमा बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप लगाए।

सांसद खतिवडाको आरोपछि रास्वपा सांसदहरुले अवरोध गरेका छन्। खतिवडाको अभिव्यक्तिपछि रास्वपा सांसद र उपसभामुख नै आम्ने साम्ने भएका छन्। रास्वपा सांसदहरुले आपत्ति जनाएर सदन अवरोध भएपछि अहिले सभामुख देवराज घिमिरे आएका छन्।

सुन्य समय चलिरहेका बेला सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरी खतिवडालाई बोल्न समय दिइन् । खतिवडाले रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको,मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाए ।

खतिवडालगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए । खासमा उपसभामुख इन्दिराले झुक्किएर सदन सुरुलगत्तै दिइने ३ मिनेटको विशेष समय खतिवडालाई दिएको रहेछ ।

उनले आफूले लिष्ट हेर्दा झुक्किएर बोलाएको भन्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादीका सांसद समेत उभिएर अवरोध गरेका थिए । उनीहरुले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *