रास्वपा सांसदको टिप्पणी- प्रधानमन्त्रीले टिकटकरहरुसँग व्यस्त भएर आफ्नो काम बिर्सिनुभएछ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम साहले प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकरहरुसँग व्यस्त भएकाले आफ्नो बिर्सिएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,’प्रधानमन्त्रीजी अहिले ढले ढले गीत सुनी राख्नु भएको छ। टिकटकहरूसँग व्यस्त हुनुहुन्छ आजकल । यही व्यस्तताले यहाँले एउटा काम गर्न बिर्सिनुभएको छ। म उहाँ सम्झाउँछु। नयाँ सरकार बनेको महिनौँ भइसक्यो, तर मन्त्रीहरूको सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’

उनले पारदर्शिता र जबाफदेहिताको नारा घन्काउनेहरू किन सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न गरे। मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारका फाइलहरू खुल्ने आशा गर्नु के बेकार भएको टिप्पणी गरे।

उनले भने, ‘सरकारले सुशासनको देखावटी नाटक बन्द गरोस् मन्त्रीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरोस्, भ्रष्टहरूलाई कानुनी कठघरामा उभ्याओस्। हिम्मत देखाएर सरकार सानो ठुलो सबै काण्डको छानबिन गर्न स्वतन्त्र शक्तिशाली आयोग गठन गर ।’

Comments

One response to “रास्वपा सांसदको टिप्पणी- प्रधानमन्त्रीले टिकटकरहरुसँग व्यस्त भएर आफ्नो काम बिर्सिनुभएछ (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    तिमेरुबाट पनि केही हुन्छ ,केही गर्छौ भन्ने कुराको खासै आशा छैन है ! रबिको बचाउ गर्ने बाहेक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *