काठमाडौं । सबै स्थानीय तहमा वाणिज्य बैंकको सेवा विस्तार भएको छ । बझाङको साइपाल गाउँपालिकामा एभरेस्ट बैंक लिमिटेडको शाखा सञ्चालन भएसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकको उक्त शाखा उद्घाटन गरेका हुन् । गभर्नर अधिकारी यस शाखाको उद्घाटन गर्न हेलिकप्टर चढेर बझाङको साइपाल पुगेका थिए ।
एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटनमा बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसमेत साइपाल पुगेका थिए ।

Leave a Reply