अमरेशको आरोप- गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्दैछ (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको बताए ।

उनले बालेनलाई च्यालेज गर्दै भने, ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’

उनले गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको टिप्पणी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *