झोलाभरि सुन बोकेको तस्करले पुलिसलाई भेट्यो भने किन हेर्या भनेर उल्टै हप्काउँछ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीले कुनै प्रभावमा परेर दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाउन नहुने बताएका छन्।

नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन कार्यक्रमलाई सम्बोधन उनले प्रहरीले प्रभावमा पर्न छाड्न निर्देशन दिए।

उनले देशलाई शिरमा राखेर संविधान र कानून अनुसार काम गर्ने आग्रह गरे। उनले कुनै पनि अनुसन्धान गर्दा तथ्य र प्रमाणमा आधारित भएर न्यासंगन ढंगले काम गर्न निर्देशन दिए।

उनले भने, ‘पहिले त अपराध गर्नेले सोझे हेर्न सक्दैनथ्यो। अहिले त लाज शरमको कुरै छैन। सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ। ओए किन हेरेको भनेर, झोलाभरि सुन हुन्छ तर किन हेर्या भनेर उल्टै हप्काउँछ। हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि? को हो म चिन्या छ हँ भनेपछि।’

उनले तस्कर ठग र भ्रष्टहरुले प्रहरीलाई हप्काउने भएकाले सर्तक हुनुपर्ने बताए। उनले प्रहरीलाई काम गर्न सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने बताए।

Comments

One response to “झोलाभरि सुन बोकेको तस्करले पुलिसलाई भेट्यो भने किन हेर्या भनेर उल्टै हप्काउँछ : प्रधानमन्त्री (भिडिओ)”

  1. राजा पारस Avatar
    राजा पारस

    रबि र प्रचण्डको पालामा समात्यो तर केपीको पालामा सधै यस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *