घनश्याम भुसालको टिप्पणी- एमालेमा ओली अल्पमतमा छन्, तासको घरजस्तै ढलेर सकिनेवाला छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा रहेको दाबी गरेका छन्।

पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले हामीमात्रै अफ्ठ्यारोमा छैनौं। संगठनको हिसाबले अहिले एमाले ठूलो पार्टी छ। त्यसले कम्युनिष्ट आन्दोलनलाई कहिँ लैजाँदै छैन्। त्यहाँ निष्पक्ष भएर भोट गर्ने हो भने ओली अल्पमतमा छन्। यो कुरा सबैले बुझिराख्नुभएको होला। हामी त्यही पार्टीबाट आएको हौं।’

उनले एमाले तासको घरजस्तै ढलेर सकिनेवाला रहेको टिप्पणी गरे।

उनले भने, ‘ओलीजी अल्पमतमा भएपनि केही फरक पर्दैन। त्यहाँ ओलीजीले उठेर बोलेपछि कोही बोल्न सक्दैनन्। ओलीविरुद्ध कोही बोल्नेवाला छैनन्, त्यहाँ सबैको सास गइसकेको छ, प्वाल परेका खलालीहरु हुन्। सिद्धान्त के हो ओली। ओलीजीलाई जे लाग्यो त्यही सिद्धान्त, उहाँ जहाँ उभिनुनुहन्छ त्यही विचार, राजनीति उहाँलाई जे फाइदा हुनछ। संगठन के हो भन्दा ओलीजीका चाकरबाहेक अब त्यहाँ कोही रहन्नन्।

 

Comments

One response to “घनश्याम भुसालको टिप्पणी- एमालेमा ओली अल्पमतमा छन्, तासको घरजस्तै ढलेर सकिनेवाला छ”

  1. ksp pyl Avatar
    ksp pyl

    तेरो पार्टीको कुरा गर न । किन छोडेको एमालेको कुरा ? आफ्नो पार्टी बना न । तेरो पार्टी दिल्लीको भाडाको टट्टु हो । अर्को वर्ष पार्टी रित्तिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *