काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिषा नियम उल्लङ्घन गर्ने ६ हजार विदेशी पक्राउ गरेको छ ।
सो देशको अखबार खालिज टाइम्सका अनुसार २७० भन्दा धेरै जाँच अभियान चलाएर पक्राउ गरिएको हो ।
पक्राउ गरिएका ९३ प्रतिशतलाई घर फर्काउन लागिएको छ । गत सेप्टेम्बर १ बाट सेप्टेम्बर ३१ सम्म दिएको ग्रेस पिरियड पार गरेर यो सजाय गर्न लागिएको बताइएको छ ।
कि देश छोड्न, कि अर्को काममा जोडिएर कानुनी हुन समय दिइएको थियो।

Leave a Reply