पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- दुई ठूला दलको सरकारले पनि केही गर्न सकेन भने के गर्ने भन्ने चासो बढेको छ (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान स्थीर सरकारले मुलुकको विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

शुक्रबार काठमाडौंमा श्री अरुणोदय माध्यामिक विद्यालय, भोजपुरको स्मारिका लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले ६–६ महिनामा सरकार परिवर्तन हुने परिस्थितिको अन्त्य भइ अहिले स्थीर सरकार बनेको भन्दै ठूला दल मिलेर बनेको सरकारले मुलुकको बिभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन् ।

मुलुकको आर्थिक लगाएतका समस्या समाधानका लागि बनेको सरकारले पनि केही गर्न सकेन भने के गर्ने भन्दै चासो जनतामा रहेको उनले बताइन् । भण्डारीले शिक्षाको क्षेत्रलाई सुधार गर्दै अध्यापनका लागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

राष्ट्र निर्माणमा शिक्षा क्षेत्र मूल खम्वा भएकाले यस क्षेत्रलाई समयानुकूल बनाउँदै लैजानुपर्ने उनले बताइन् ।

उनले युवा जनशक्तिहरुलाई स्वदेशमा नै रोक्न र उत्पादनमा जोड्न सक्नुपर्ने जिकिर गरिन् । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

 

Comments

2 responses to “पूर्वराष्ट्रपति भण्डारी भन्छिन्- दुई ठूला दलको सरकारले पनि केही गर्न सकेन भने के गर्ने भन्ने चासो बढेको छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अर्काले बनाईदिएका नेताले धेरै फुर्ति नगरौं।

  2. ksp pyl Avatar
    ksp pyl

    आफ्नो क्षमताले उच्च पद पाएकै होईन । एमालेमा रहेका केही पदलोलुपहरूले उचाल्दैमा नेता भईदैन । भईहाले पनि टिकिदैन । भाषण पटक्कै सुहाएको छैन । पासाङ फेरि माओवादी छिरे पछि हौसिनुको कुनै तुक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *