काठमाडौं । अमेरिकाको कृत्रिम प्रज्ञा (एआई) क्षेत्रमा तहल्का मच्चाएको ब्राण्ड च्याट जीपीटीसँग प्रतिस्पर्धा गरेको चिनियाँ समकक्षी डीप सीकको प्रयोगमा बन्देज लगाउन अमेरिकाले तयारी गरेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार एक विधेयक ल्याएर त्यस्तो गर्न लागिएको हो । अमेरिकी सरकारी सेवाका कम्युटरहरुमा डीप सीक प्रयोग निषेध गर्ने विद्येयकमा प्रावधान छ ।
अमेरिकी सदनका सांसदहरुले बिहिबार प्रस्तुत गरेको विद्येयकले अमेरिकी प्रयोगकर्ताहरुको मोबाइलको सूचनाहरु चीन लैजाने भन्दै रोक्न भनिएको छ । डीप सीक अमेरिकामा च्याट जीपीटी भन्दा धेरै डाउललोड भएको एआई एप हो ।
चीनले भने अमेरिकी कदमलाई वैचारिक विभेदको उपमा दिएको हो । विश्वभर प्रभाव बढाउन सक्रिय दुई महाशक्ति अमेरिका र चीनको प्रतिस्पर्धा एआई क्षेत्रमा पनि व्यापक भएको छ । त्यसको एक अंश च्याट जीपीटी र डीक सीकलाई मानिएको छ ।
खर्बौ डलरमा बनेको च्याट जीपीटी र ६० लाख डलरमा मात्रै तयार भएको डीक सीकले धेरै बहस सार्वजनिक गरेको छ । अमेरिकी कम्पनहिरुका खबौंको सेयर डीप सीकको उदयसँगै घटेको छ ।
अहिले पश्चिमा मिडियाहरु त्यसको ‘ड्यामेज कन्ट्रोल’मा सक्रिय भएर च्याट जीपीटी भन्दा डीप सीक धेरै कमजोर भएको समाचारलाई सामाजिक संजालहरुमा प्राथामिकता दिएर बुस्ट गरिरहेका छन् ।

Leave a Reply