रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग, सरकारले रवैयाको मूल्य चुकाउनुपर्ने चेतावनी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको रवैयालाई संसदले समर्थन जनाएको आशंका व्यक्त गरे ।

उनले भने, ‘उहाँमा सरकारले त प्रतिशोध साध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनुपर्नेछ । झूटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत सबैले बुझिसकेका छन् । सरकारको रबैयालाई संसदले समर्थन नगरोस् ।’

प्रतिनिधिसभाको नियमावलीअनुसार थुनामा नरहेको बेलामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै तत्काल निलम्बन फुकुवा गर्न उनले माग गरे ।

Comments

One response to “रविको निलम्बन फुकुवा गर्न रास्वपाको माग, सरकारले रवैयाको मूल्य चुकाउनुपर्ने चेतावनी (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    के कांग्रेस,एमाले वा माओबादी का कुनै नेताले पनि रविले जस्तै ५ / ७ वटा सहकारीबाट रकम ल्याउँदै खाँदै गरेको भए यहि नै भन्थ्यौ कि ति नेताको उछितो काडेर हिँडथ्यौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *