एलिना चौहानलाई ऋचा शर्माको ढाडस- ‘प्रिय एलिना म तिम्रो साहसलाई सलाम गर्छु’

काठमाडौं । अभिनेत्री ऋचा शर्माले गायिका एलिना चौहान साहसी महिला भएको भन्दै उनको आँटलाई सलाम गरेकी छन् । गायिका चौहान स्टेजमा गाउँदै गर्दा भक्कानिएको एक भिडियो क्लिप भाइरल भएपछि उक्त भिडियो फेसबुकमा पोस्ट गर्दै ऋचाले एलिनाको वैवाहिक सम्बन्ध र उनको संगीतको प्रशंसा गरेकी हुन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन । समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला । तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ ।

साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ । कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ । विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन । जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन ।

अभिनेत्री शर्माले गायिका चौहानको आटलाई सलाम गर्दै उनको निर्णयले अझ बलियो बनाउन र स्वर र संगीत संसारभरि गुञ्जिरहोस भन्दै शुभकामना पनि दिएकी छन् ।

उनले लेखेकी छन्- ‘तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ। संगीत तिम्रो आत्मा हो, र तिमीले त्यसैलाई अँगाल्यौ । तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्। तिम्रो स्वर, तिम्रो संगीत संसारभरि गुन्जिरहोस्। यदि कहिल्यै थाक्यौ भने, सम्झनू तिमी एक यस्ती साहसी आत्मा हौ जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन् । तिम्रो साथमा, ऋचा शर्मा ।’

Comments

One response to “एलिना चौहानलाई ऋचा शर्माको ढाडस- ‘प्रिय एलिना म तिम्रो साहसलाई सलाम गर्छु’”

  1. नीराजन शिरीष Avatar

    ChatGPT को राम्रै प्रयोग बढ्न थालेछ! हुँदा हुँदा एउटा नायिकाले अर्की गायिकालाई अलिकति ढाढस दिनपनि ai को प्रयोग गर्न परेपछि सृजनशीलताले पानी भन्न नपाएकै मान्ने त होला नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *