धरानमा भोलिदेखि विजिनेश एक्स्पो- स्थानीय व्यापार चलायमान बन्ने विश्वास

धरान । धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्द्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्यसहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

एक्स्पोमा सर्वसाधारणको प्रवेश निशुल्क गराइने मूल समितिका संयोजक राजेश अग्रवालले बताए । साँझ सांस्कृतिक कार्यक्रममा भने कलाकारको उपस्थितिअनुसार न्यूनतम शुल्क भने तोकिएको उनको भनाइ छ ।

‘मुख्य कुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरूलाई खुशी बनाउनु हो, अर्थोपार्जन होइन’, संयोजक अग्रवालले भने ।

आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरूको प्रवर्द्धन स्थानीय उद्योगी व्यवसायीका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनलाई सरल मूल्यमा उपलब्धता तथा प्रतिभाहरूलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताइन् ।

१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङलगायतका राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्री राखिनेछ ।

एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रियात्मक डिवेट समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *