कमलपोखरीमा सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते (भिडिओ)

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।

११ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

*घाइतेको संख्या अद्यावधिक गरिएको

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *