काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव सिद्धान्त भट्टको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
रिट निवेदक स्ववियु सचिव भट्टको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले त्रिवि सेवा आयोगको प्रतिस्पर्धा सीमित गर्ने विज्ञापन कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो ।
भट्टले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुर, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् तथा लोकसेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंलाई प्रतिवादी बनाएर मङ्गलवार रिट दायर गरेका थिए ।

Leave a Reply