रविलाई हिरासत पठाइएपछि प्रहरी कार्यालयबाहिर समर्थकको नाराबाजी (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन् । आदेशको विरोधमा जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन् ।

उनीहरु जिप्रका चितवन अगाडि सरकार र प्रहरीको विरोधमा नारावाजी गरिरहेका छन् । रविलाई प्रहरीले जिप्रकामा लगेको छ ।

Comments

One response to “रविलाई हिरासत पठाइएपछि प्रहरी कार्यालयबाहिर समर्थकको नाराबाजी (भिडिओ)”

  1. भण्डारी Avatar
    भण्डारी

    रबी बाघ त हाेलान् तर नेपालमा आजभोलि नरभक्षी बाघ धेरैछन् । यि कुन बाघ हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *