बागमतीमा पेश भयो विधेयक

हेटौँडा । बागमती प्रदेशसभामा चारवटा विधेयक पेश भएको छ ।

बुधबार बसेको बैठकमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका छन् ।

बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका छन् ।

यसबाहेक उद्योग, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरिन्।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरे।

प्रदेशसभा बैठकमा विधेयकबारे छलफल सुरु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *