चितवन पुगे रवि, आजै अदालतमा उपस्थित होलान् ?

चितवन । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएपछि पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

रास्वपा जिल्ला सभापति कृष्ण भुसालका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् । उनी चितवन आइपुगे पनि आजै बयानका लागि उपस्थित हुने नहुने टुंगो नभएको भुसालले बताए ।

उनले भने, ‘उहाँ गाडीबाट नै राति आइपुग्नुभएको हो । तर आज नै अदालतमा उपस्थित हुने वा नहुने भन्ने टुंगो छैन । केही समयपछि थाहा होला ।’

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *