गिरीबन्धुदेखि नक्कली शरणार्थीसम्म जतिसुकै शक्तिशाली मान्छे भएपनि कारवाही हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस-एमाले गठबन्धन सरकारले अबको तीन वर्षमा एउटा पनि भ्रष्टाचारको काण्ड नआउने गरी काम गर्ने बताएका छन् । पर्वत हुवासमा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले सरकारको गति बढाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘अबको तीन वर्ष कांग्रेस सम्मिलित भएको सरकारले एउटा पनि काण्डको बारेमा सुन्न नपर्ने अवस्था हामीले बनाउनुपर्नेछ । अहिले थुप्रै काण्डहरू सुन्ने गरेका छौं । वाइडबडीदेखि गिरीबन्धुसम्म, क्यान्टोनमेन्टदेखि ललिता निवाससम्म कहिले कुन नेता कहिले कुन नेताले चर्चा गरिरहेका हुन्छ्न् । यो तीन वर्षमा एउटा पनि काण्ड जनताले सुन्न नपर्ने बनाउनुपर्छ ।’

उनले नेपालमा आजसम्म सबै सुनेका काण्डको जरासम्म पुगेर खोतलेर जोसुकै भएपनि कारवाही गर्ने बताए ।

उनले थपे, ‘बा होस् कि मामा होस्, घरको होस् कि मावलको होस् । कांग्रेस, एमाले, माओवादी होस् कि नयाँको होस् दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने तीन वर्ष प्रयोग गर्छ । कानूनको शासनभन्दा ठूलो कोही छैन । कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ । त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको । नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ । त्यो कुरा स्थापित गर्नुपर्छ । यो गरिरहँदा हाम्रो पार्टीभित्रको पनि कयौं मान्छे पर्नसक्छन् ।’

उनले कांग्रेसमा रहेका कसैले गरेको व्यक्तिगत लाभको लागि काम गरेको भए त्यसको भारी पार्टीले नबोक्ने पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *