प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रस्ताव गरेको बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताव आफ्नै भएको बताए ।

प्रचण्डले भने, ‘मध्यपहाडी लोकमार्ग पूर्वदेखि पश्चिमसम्म तपाईंहरुले देख्नुभएको छ, मैले पहिलो पटक प्रधानमन्त्री हुँदा चुरेदेखि पूर्वपश्चिम मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो । मध्यपहाडी लोकमार्ग पूरा हुँदैछ । चुरेको फेदबाट अर्को लोकमार्गको प्रस्तावक, अनि उत्तरदक्षिण करिडोर बनाएर नेपाललाई एकीकृत र केन्द्रीकृत संरचनामा ल्याउने काम मैले गरेको हो । अहिले काम अगाडि बढेको छ।’

उनले देशलाई लोडसेडिङ मुक्त बनाउन आफूले नै विद्युत प्राधिकारणमा कुलमान घिसिङलाई ल्याएर ऊर्जामन्त्रीमा जनार्दन शर्मालाई पठाएपछि सफल भएको दाबी गरे ।

Comments

5 responses to “प्रचण्डको दाबी- मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग बनाउने प्रस्ताव मेरो हो (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    प्रचण्ड, अलि अलि मुख देखाएर हिड्न हुने गरी बाटो राख र राखिदेउ न तिम्रा पछुवा लाई : यत्ति हावा चाहिं नबोल न यार !!! तिन कुरा तिम्रो लागि (आरोप हैन तिम्रो भनाइको रेफरेन्समा आधारित कुरा) :
    १. भेटघाट हुने कुनै अवसर नमिलेको जापानका प्रधानमन्त्री संग अन्तरंग सम्बन्ध छ कयौं पल्ट भेटियो र देशको हितको कुरा गरेउ भनेउ : खै कसकसले पत्याए !!!
    २. ल ठिक छ : कुनै दिन नेपाल स्विट्जर्ल्याण्ड भएछ भने : ‘जनयुद्दको बेलामा हामीले नेपाललाई स्विट्जर्ल्याण्ड बनाउछौं भनेका थियौं’ भनौला : पत्याउने !!??
    ३. अनि, कुनै दिन नेपाल दोश्रो सिक्किम भएछ भने : हामीले जनयुद्द हाक्दा भारतमा बसेका थियौं, भारतकै तालिम, भारतकै गोलि गठ्ठा चलाएका थियौं र भारतको हित मात्र सोच्छौं, भारतको हितमा र भारतको इछ्या निर्देसन र योजना अनुसार चल्छ्म भनेर कसम खाएका थियौं अहिले भयो त त्यो !! नेपाल दोश्रो सिक्किम अनि म दोश्रो लेन्डुप दोर्जी : नत्र त्यो बेलाका दस्ताबेज हेर’ भन्छौ ?? तिम्रो सोच महान भनौं ??
    ४. नेतै भनेर देखिन मन लागे पछि त नेताको कम्तिमा हुनु पर्ने न्युनतम गुण त हुन पर्यो : नत्र त्यो नेतृत्वले कता पुर्याउञ्छ : पछि लागेकाको बिल्लीबाठ : हुने जम्मा जम्मी तेत्ति: धेरैको त देखिई सक्यो, अझ कत्ति हुने हुन् त्येशको सिकार, त्यो मात्र हेर्न बाँकी छ अब !!

  2. ksp pyl Avatar
    ksp pyl

    यसले अब कुन दिन पूर्व पश्चिम राजमार्ग ( महेन्द्र राजमार्ग) पनि मेरै पहलमा निर्माण भएको हो भन्छ । हेर्दै जानू । अलि समय सत्ता नपाए यसले बरबराएर के के भन्छ भन्छ ।

  3. RK Avatar
    RK

    नेपालमा यस्तो पनि हुन्छ है !
    १)भैंसिले बाघ मार्नु!
    २)कोरिया हिडेको तिन जना काठमाण्डौं वाट विराटनगर पुग्नु!
    ३) आमाको सुन बेचेर girlfriend लाई iPhone उपहार दिनु!
    ४) अनलाईनवाट किनेको कट्टु लगाउँदा महिला गर्भवती हुनु!
    ५) विहे गरेको ६ महिना पछि आफ्नो श्रीमती केटा भएको थाहा पाउनु!
    ६) 9 मा 0 थप्दा 10 हुनु!
    ७) बसमा केटाहरु चाही खलासी हुनु!
    ८.केटीहरु लाई चाही Bus hosteez भन्नु!
    ९) प्रहरीले मृ*त्यू घोषणा गरेको महिला एकदिन पछि पुरुष हुनु!
    १०) २० लाखको पोई हराउनु!
    ११) धेरै मासु खायो भनेर भिनाजुले हानेर सालोलाई ह*त्या गर्नु!
    १२) दशैमा दक्षिणा कम भयो भनेर भन्जाले मामा र माईजुलाई फेसबुकमा ब्लक गर्नु!
    १३) तपाईँले यो पोस्ट हेरेर लाइक नगर्नु!
    १४) प्रकाश ले बाइक मरेको देख्नु !
    १५) kp oli को follow एक्कासी घट्नु !
    ( बाँकी छ भने कमेण्टमा लेख्नु होला) धन्यवाद

  4. ram bhattarai Avatar
    ram bhattarai

    यो कुरामा म बिश्वस्त छु कि सप्तरी स्थित भरदहमा कोशी माथी बनेको पुल पनि तिमिले नै बनाएको हो ।

  5. राम साइलो Avatar
    राम साइलो

    हो हो पुर्ब पश्चिम राजमार्ग नि यिनैले बनाका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *