प्रेस चौतारीको अध्यक्षमा तिलक घर्ती निर्वाचित

दाङ । प्रेस चौतारी नेपाल रोल्पा शाखाको अध्यक्षमा तिलक घर्ती निर्वाचित भएका छन् । आज लिबाङमा भएको छैटौं अधिवेशनले घर्तीको अध्यक्ष रहेको १३ सदस्यी नयाँ कार्यसमिति चयन गरेको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं रोल्पा इन्चार्ज गणेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार उपाध्यक्षमा मनोज पुन मगर ,महिला उपाध्यक्षमा सपना डागी, सचिवमा अमृत वली, सहसचिवमा भुपेन्द्र घर्ती मगर समावेशी सहसचिवमा दिलबहादुर सार्की र कोषाध्यक्षमा टेकबहादुर घर्ती निर्वाचित भएका छन् ।

सदस्यमा किसन विक, प्रदिप बस्नेत, कुशल पुन, चित्रबहादुर केसी, उमेश घर्ती मगर, मिरा रोका र सृजना घर्ती मगर चयन भएका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा दाह्रासिंङ डाँगी, कमला पुन र प्रदेश परिषद् सदस्यमा बिमलराज डाँगी चयन भएका छन् । अधिवेशनको उद्घाटन एमाले पोलिट ब्यूरो सदस्य गोकुल घर्तीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *