वाईसीएलका अध्यक्ष भन्छन्- प्रचण्डको नेतृत्वमा एकढिक्का भएर अघि बढ्नुको विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोध शेर्पालीले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताएका छन् । माओवादीमा मात्रै नभई देशका समकालीन नेतामा प्रचण्डको विकल्प नरहेको उनको जिकिर छ ।

उनले भने, ‘सामाजिक सञ्जालमा मूल नेतृत्व वा अन्य नेतृत्वलाई विभाजित गर्ने गरी यो गुट र त्यो गुट भनेर गरिएको प्रचारमा कुनै तुक छैन । यस्ता किसिमको प्रचारप्रसारले कोही भ्रममा पर्न जरूरी पनि छैन ।’

आठौं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको भावना र निर्णयबमोजिम प्रचण्ड नेतृत्वमा सबै एकताबद्ध बनेको उनले बताए ।

उनले थपे, ‘अन्य कम्युनिस्ट क्रान्तिकारी वामपन्थी पार्टीहरूसँग एकता गर्ने योजनामा पार्टी अघि बढेको बेला आन्तरिक शक्ति कमजोर पार्ने खालको पछि नलागी प्रचण्डको नेतृत्व एकढिक्का पार्टी निर्माण आजको मुख्य आवश्यकता हो ।’

अध्यक्ष शेर्पालीले पार्टीभित्रकै एकाध व्यक्तिले आफैं रिपोर्टर,आफैं फोटोग्राफर र आफैं विश्लेषक बनेर मिडियामा गोयबल्स शैलीको प्रचार गरेको र आफूलाई जनार्दन टिममा राखेर मिडियाबाजी गरेको आरोप समेत लगाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *