काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रचण्ड नेतृत्वको सरकारले सुशासन समृद्धि र समाजवादको नारा लिएर भ्रष्टाचारीलाई जेल हाल्न सुरु गरेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएको दाबी गरेका छन् ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्ने, बालुवाटारको ललिता निवास जग्गा घोटाला, गिरीबन्धु टी स्टेट भ्रष्टाचारमा संलग्नलाई जेल हाल्न थालेपछि जनताले माओवादीलाई बुझ्न थालेको बताए ।
उनले भने, ‘हिजो माओवादीले बाँडेका सपनालाई उडाथे । अहिले प्रचण्ड नेतृत्वको सरकारले नतिजा दिन थालेपछि माओवादीको योजनावद्ध विकास र परिवर्तनलाई जनताले बुझ्न थालेका छन् ।’
प्रधानमन्त्री केपी ओली तामझामसहित विविध कार्यक्रममा जाँदा विरोध हुने गरेको तर सामान्य तरिकाले देशभर जाँदा माओवादी अध्यक्ष प्रचण्डको पक्षमा जनलहर पैदा भएको उनको टिप्पणी थियो ।
माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी दिँदै उनले प्रचण्डको सम्बोधले देशलाई राजनीतिक लाइन दिने बताए ।
उनले भने, ‘प्रचण्डको सम्बोधनले संसद र सडक तताउने काम गर्छ, संसदले सडक, सडकले संसदलाई सहजीकरण गर्छ।’

Leave a Reply