सदनलाई सभामुखको सम्बोधन- जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुनु हुँदैन

काठमाडौं । सभामुख देवराज घिमिरेले आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिने गरिएको बताए।

उनले भने, ‘यहाँ व्यक्त भएका विचारलाई परिष्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौँ । संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौं । अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *