रवि लामिछानेलाई सभामुखको प्रश्नः तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा निवेदन बुझाउँदै लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नभएकाे भन्दै निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

लामिछानेले भने,‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।’

जवाफमा सभामुख घिमिरेले लामिछानेलाई विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताए ।

उनले भने,‘ मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।’

रविले आफ्नो कुरा राखेपछि सभामुखले लामिछानेलाई ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? भन्दै प्रश्न गरेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भने ।

सभामुखलाई भेट्न रास्वपाका १५ जना सांसदहरु संसद सचिवालय पुगेका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईको स्वास्थ्य के छ भनेर सोधेको संसद सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *