काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शुक्रवार घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन भएको थियो ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रवार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम बिस्तारै उकालो लाग्न सक्ने छ ।
एक साताअघि शुक्रवार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि शनिवार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मङ्गलवार ६.३, बुधवार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।

Leave a Reply